तीन दिन भित्र गौरवको क्षण प्राप्त हुने मेयरको दाबीमा पूर्वमन्त्रीको प्रतिक्रिया- दारु खाएर दुर्घटना भएको खबर नआओस् – Nepal Press

तीन दिन भित्र गौरवको क्षण प्राप्त हुने मेयरको दाबीमा पूर्वमन्त्रीको प्रतिक्रिया- दारु खाएर दुर्घटना भएको खबर नआओस्

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर खडक रावतले तीन दिन भित्र खुसी र गौरवको क्षण प्राप्त हुने दाबी गरेका छन् ।

प्रअ नियुक्ति प्रक्रिया तत्काल कार्यान्वयन नगर्न नगराउन भन्दै उच्च अदालत दिपायलले नगरपालिकाको नाममा अन्तरिम आदेश जारी भएकै दिन मेयर रावतको तीन दिने अल्टिमेटम सहितको प्रक्रिया सामाजिक सञ्जालमा लेखेका हुन् ।

‘घोडाघोडी नगरवासीहरूका लागि ३ दिन भित्र अर्को खुसी र गौरवको क्षण प्राप्त हुँदै छ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनकै स्ट्याटसमा पूर्व मन्त्री अमर साउदले दारु खाएर दुर्घटना भएको खबर नआओस् भन्दै प्रक्रिया दिएका छन् ।

मेयर रावत नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् भने सुदूरपश्चिम प्रदेशका नितवर्तमान प्रदेश सभा सदस्य समेत रहेका पूर्व आर्थिक मामिला राज्य मन्त्री साउद प्रदेश सभामा नेकपा एकीकृत समाजवादीबाट गठबन्धनको उम्मेदवार भएर पनि पराजित भएका थिए ।

साउद हाल नेकपा एसमा निष्क्रिय देखिएका छन् । मेयर रावत नेकपा एसका जिल्ला उपाध्यक्ष पनि हुन् ।

नगरपालिका भित्र रहेका ५१ वटा विद्यालयका प्रधानाध्यापकका लागि २०८१ साउन ४ गते पालिकाले खुल्ला आवेदन माग गरेको थियो । जसमा २७ जना प्रधानाध्यापकहरू खुला प्रतिस्पर्धाबाट छनोट भएका थिए । तर, अवैधानिक ढंगले प्रअ नियुक्त गरेको भन्दै तत्कालको लागि उच्च अदालतले सबै प्रक्रियामा पूर्णविराम लगाइदिएको छ ।

त्यस लगत्तै गौरवको क्षण प्राप्त हुने मेयरको दाबीमा पूर्व राज्यमन्त्री साउद लेख्छन् ‘के नयाँ होला र खै रु दारु खाएर दुर्घटना भएको खबर नआओस् ।’

यस अघिका मेयर ममता प्रसाद चौधरीको लोकप्रियता बढेको र रावतको घटेको भन्दै उनले मेयर खडकलाई ‘खड्के’ भन्दै टिप्पणी गरेका छन् ।

‘ममता को लोकप्रियता बढेकै छ खड्के को घटेकै छ भन्छन् रे घोडाघोडीवासीले । साथै पाँच वर्षसम्म ऋषि मुनिसहित को दिउसै जलपानसहित प्रदेश सभामा धर्ना बसेको विगत र अहिले को अवस्था पछाडि फर्केर एक पटक हेर अनि रात भरिको निन्द्रा हराम नहोस् । शुभरात्रि मेयर साब’ पूर्वमन्त्रीले मेयर रावतलाई भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर