फ्रान्सद्वारा बेल्जियम पराजित
हेटौँडा । युइएफए नेसन्स लिग फुटबलमा फ्रान्सले बेल्जियमलाई पराजित गरेको छ । गए राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गर्दै नेसन्स लिगमा पहिलो जित निकालेको हो ।
ग्रुप अफ डेथको रूपमा व्याख्या गरिएको ग्रुप २ को खेलमा फ्रान्सलाई इटालीले पराजित गरेको थियो भने बेल्जियमले पहिलो खेलमा इजरायललाई पराजित गरेको थियो ।
घरेलु मैदानमा भएको खेलको २९ औँ मिनेटमा फ्रन्सका रान्डालले गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप १ गोल थपेको थियो । डेम्बेले ५७औँ मिनेटमा गोल गरेपछि खेल फ्रान्सले जित्यो ।
जितपछि फ्रान्सले पहिलो ३ अङ्क जोडेको छ र लिगको दोस्रो स्थानमा छ समान अंक रहेको बेल्जियम तेस्रो स्थानमा रहेको छ ।
अंक विहीन इजरायल भने अन्तिममा छ ।