डिभीको लागि दश महिनामा २५०० जनाको भिसा लाग्यो, १३ हजार माथिका नम्बरवालाले नपाउने – Nepal Press

डिभीको लागि दश महिनामा २५०० जनाको भिसा लाग्यो, १३ हजार माथिका नम्बरवालाले नपाउने

काठमाडौं । पछिल्लो दश महिनामा २५०५ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) अन्तर्गतको प्रकृया पूरा गरेका छन् ।

अरु विजेताहरुको प्रकृया पूरा हुने क्रममा रहेको छ । अमेरिकाबाट संचालित नेपयोर्क समाचार पोर्टलका अनुसार जुलाई महिनामा मात्रै २७२ जनाले भिसा पाएका छन् । अगस्टको भने सूचना सार्वजनिक भएको छैन ।

सन २०२४ को डिभीको प्रकृयाको समयसीमा सेप्टेम्बर ३० मा भएको बताइएको छ । १३ हजार भन्दा माथिको नम्बरको डिभी परेकाहरुको भने भिसा नहुने भएको छ किनभने यो वर्षको क्याप १३ हजार छ ।

अहिले भिसा दिइएकाहरुमा सन २०२२ को लटको भएको बताइएको छ । सन २०२३ मा विजेता भएकाहरुले यहि अक्टोबरबाट भिसा पाउन सुरु गर्नेछन् । सन २०२४ को लागि ३८६३ जना नेपालीको डिभी परेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर