रास्वपाको आरोप- संवैधानिक परिषद्‍मा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजियो (भिडिओ) – Nepal Press

रास्वपाको आरोप- संवैधानिक परिषद्‍मा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजियो (भिडिओ)

काठमाडौं । सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउन प्रस्ताव लैजाने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने प्रस्ताव लैजाने कुरा अलोकतान्त्रिक भएको बताए ।

उनले भने, ‘एउटा सम्मानित पदलाई संवैधानिक परिषद्‍मा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका आफूलाई मसिहा भन्ने राजनीतिक दलहरू उपसभामुखलाई हटाउने सल्लाह गर्दै हुनुहुन्छ, रास्वपाले एउटा राजनीतिक मुद्दा गुमाउला एउटा सम्मानित पद गुमाउला तर लोकतन्त्रको लागि रास्वपा सधैँ लड्नेछ ।’

उनले आज लोकतन्त्रमाथि धावा नबोल्न आग्रह गर्दै आज सहज भएपनि भोलि आफैंलाई अफ्ठ्यारोमा पर्नसक्ने भएकाले सचेत रहन आग्रह गरे । लोकतन्त्रलाई सल्लाह गरेर मार्न खाजे जनता प्रतिवादमा सडकमा आउने चेतावनी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर