उपसभामुखलाई राजीनामा दिन एमाले सांसदको सुझाव (भिडिओ) – Nepal Press

उपसभामुखलाई राजीनामा दिन एमाले सांसदको सुझाव (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन सुझाव दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उपसभामुखको नैतिकताको प्रश्न उठेको बताए ।

उनले भने, ‘अहिले सदनभित्र र बाहिर उपसभामुखको बारेमा कुरा उठिरहेको छ । नैतिकता र पदिय मर्यादाको कुरा उठेको छ । मानव तस्करीको कुरा उठेको छ । उपसभामुखजस्तो व्यक्तिमाथि प्रश्न उठेपछि राजीनामा दिन माग गर्छु ।’

उनले अहिलेको सरकार जनताको माग अनुसार बनेकाले जनताको काम गरिरहेको जिकिर गरे । उनले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समावेश गराउन पनि माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर