कांग्रेस-एमालेलाई राप्रपाको चुनौती : हिम्मत भए प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जाऔं (भिडिओ) – Nepal Press

कांग्रेस-एमालेलाई राप्रपाको चुनौती : हिम्मत भए प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जाऔं (भिडिओ)

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कांग्रेस एमालेलाई प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जान चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै संसदबाट प्रधानमन्त्री छान्ने व्यवस्था देशले नधान्ने बताए ।

उनले भने, ‘दुई तिहाईको तपाईंहरुले सरकार बनाउनुभएको छ, तपाईंहरुको साच्चै हिम्मत र देश बनाउने उद्देश्य छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जाऔं । संविधान संशोधन गर्ने पनि भन्नुभएको छ, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं अहिलेका प्रधानमन्त्री र दलका नेतासँग हामी लड्छौं चुनाव। देशभरीका जनताले भोट होलेर हेरौं ।’

उनले सदनले प्रधानमन्त्री र मन्त्री छान्ने नभइ कानून बनाउने ठाउँ बनाउनुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर