दसैँतिहार लक्षित सुपथ मूल्य पसल असोज ७ बाट खुलाउने तयारी
काठमाडौं । दसैँतिहार लक्षित सुपथ मूल्य पसल असोज ७ गतेबाट खुलाउने तयारी गरिएको छ । चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य सामान सहज र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारी खर्चमा सुपथ मूख्य पसल सञ्चालन गरिन्छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ७ गतेबाट सुपथ मूल्य पसल सञ्चालन गर्न बोर्डमा प्रस्ताव गरेको सूचना अधिकारी शर्मिला न्यौपाने बताइन् । ६० भन्दा धेरै ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरिएको छ । कुन वस्तुमा कति छुट दिने भन्ने निर्णय भने गर्न बाँकी छ ।
खाद्य कम्पनीले चाडपर्वका लागि ६० भन्दा धेरै ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीले कुन वस्तुमा कति छुट दिने भन्ने निर्णय गर्न बाँकी रहेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाका अनुसार काठमाडौंमा १०, र बिक्री केन्द्रबाट १० स्थानमा गरी २० ठाउँमा सुपथ मूल्य सञ्चालन गरिने छ । डेलिभरी भ्यानमार्फत समेत सेवा दिने तयारी रहेको झाले सुनाए ।