आफ्नो उहादरण दिँदै उपसभामुखलाई बास्कोटाको सुझाव- ममाथि छानबिन गरियोस् भनेर राजीनामा दिनुस् (भिडिओ) – Nepal Press

आफ्नो उहादरण दिँदै उपसभामुखलाई बास्कोटाको सुझाव- ममाथि छानबिन गरियोस् भनेर राजीनामा दिनुस् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले आफ्नो उदाहरण दिँदै उपसभामुखलाई इन्दिरा रानालाई पदबाट राजीनामा दिन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रश्न उठिसकेपछि आफूमाथि छानबिन गर्नको लागि नैतिक रुपमा पद छाड्नुपर्ने बताए ।

उनले भने, ‘प्रश्न उठेपछि आफूलाई सही प्रमाणित गर्नको लागि लोकतन्त्र र कानूनी राजमा हुन्छ। त्यो भएकाले मेरो सुझाव छ, जत्रो प्रश्न उठिसक्यो भने उहाँ कयौं दृष्टान्त छन्, म पनि एउटा हुँ, प्रश्न उठेपछि मैले आफ्नो पदबाट राजीनामा देको थिए। ममाथि छानबिन गरियोस। दोषी भए प्रमाणित गरियोस् र कारबाही गरियोस्, यति आँट राजनीतिक मान्छेको हुनुपर्छ जसले लोकतन्त्रको दुहाइ दिन्छ । त्यसैले उहाँले पदबाट मार्गप्रसस्त गर्दा सबैलाई जवाफ त्यही हुन्छ ।’

आचरणमा गम्भीर प्रश्न उठेपछि ठूलो पदकाले मात्रै नभएर सांसदहरुले पनि राजीनामा दिनसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर