प्रधानमन्त्रीलाई माओवादीको प्रश्न- गिरीबन्धुमा प्रश्न उठ्यो राजीनामा दिन तयार हुनुहुन्छ ? (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई माओवादीको प्रश्न- गिरीबन्धुमा प्रश्न उठ्यो राजीनामा दिन तयार हुनुहुन्छ ? (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रश्न उठ्नसाथ राजीनामा दिने हो भने अहिले क्याबिनेटमा रहेका १० औं मन्त्री रहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुख इन्दिरा रानालाई हटाउन खोजे माओवादीले प्रतिवाद गर्ने बताए ।

उनले भने, ‘एक जना महिला, जनजाति, सहमतिको आधारमा आउनुभएको, सामाजिक सेवामा काम गर्नुभएको उपसभामुखलाई बलियो बनेको दुई तिहाइ सरकारले हटाउने कुराको यो सदनमा प्रवेश हुने कुरा निकै दुःखदायी छ। यसले लोकतन्त्र अगाडि बढ्न सक्दैन ।’

उनले लाउडा, वाइटबडी, भुटानी शरणार्थी, बालुवाटार जग्गा प्रकरणदेखि गिरीबन्धुमा पनि प्रश्न उठेको भन्दै प्रधानमन्त्रीलाई राजीनामा दिन तयार हुनुहुन्छ? भन्दै प्रश्न गरे ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीलाई माओवादीको प्रश्न- गिरीबन्धुमा प्रश्न उठ्यो राजीनामा दिन तयार हुनुहुन्छ ? (भिडिओ)

  1. गिरीबन्धुमा प्रश्न उठाउने प्रतिपक्षमा गएपछि रहेछ । एमालेसँग मिलेर प्रचण्डले प्रधानमन्त्री खाईरहदा कहिल्यै गिरीबन्धुको कुरा ननिकाल्नेलाई अहिले निकाल्न लाज छैन ? माओवादी यो देशको एक नम्बर दलाल पार्टी हो । यो विशेषत भारतकोगुलामी गर्न खोलिएकोपार्टी हो । जनताले थाहापाईसके मिस्टर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर