सेयर बजार घट्नेक्रम जारी, कारोबार ७ अर्बमा झर्‍याे – Nepal Press

सेयर बजार घट्नेक्रम जारी, कारोबार ७ अर्बमा झर्‍याे

काठमाडौं । सेयर बजार घट्नेक्रमले मंगलबार पनि निरन्तरता पाएको छ ।आज बजार १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा अडिएको छ । बजार ३ हजार विन्दु पुगेर ओर्लिएको हो ।

बजार ३ हजार विन्दुमा पुग्दा कारोबार रकम पनि करिब ३० अर्बको हाराहारीमा थियो । तर अहिले कारोबार रकम पनि ७ अर्ब २४ करोड रुपैयाँमा खुम्चिएको छ ।

ट्रेडिङ समुह बाहेक सबै समुह घटेको छ । पछिल्लो ५ कारोबार दिनमा सूचकसँगै कारोबार रकम पनि निरन्तर घट्दै गएको छ । तर यसदिन मानुषि लघुवित्त वित्तिय संस्थको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

यस्तै थ्रि स्टार हाइड्रो पावरको सेयर भने सर्किट लेभल ९९.९०० मा कारोबार भएको थियो । कारोबार रकमका आधारमा हाइड्रो इलेक्ट्रीसिटि एण्ड डेभलपमेन्ट प्रालि अगाडि छ । यसको आज २९ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *