पत्रकार महासंघको चुनाव असोज ५ मै गर्न प्रेस चौतारीले गरायो ध्यानाकर्षण – Nepal Press

पत्रकार महासंघको चुनाव असोज ५ मै गर्न प्रेस चौतारीले गरायो ध्यानाकर्षण

काठमाडौं । प्रेस चौतारी नेपालले पत्रकार महासंघको चुनाव असोज ५ गते नै गर्ने गरी कार्यतालिका प्रकाशनलगायत प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएको छ ।

महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दै निर्वाचनको पूर्वसन्ध्यामा महासंघका अध्यक्ष विपुल पोखरेलको राजीनामापछि विकसित घटनाक्रमप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि घटनाक्रमबाट प्रभावित नभई घोषित मिति आगामी असोज ५ गते निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका प्रकाशन लगायत आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सम्बद्ध सबै पक्षलाई प्रेस चौतारी नेपाल अपील गर्दछ ।’

पत्रकार महासंघको यसअघि पटक-पटक समय थप्दा समेत निर्वाचन गराउन असफल भएपछि हिजो अध्यक्ष पोखरेलले राजीनामा दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर