करिव ३ सय युवाहरू नेकपा एमालेमा प्रवेश – Nepal Press

करिव ३ सय युवाहरू नेकपा एमालेमा प्रवेश

काठमाडौं । करिव ३ सय युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमालेको मुख्यालय तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा युवा विद्यार्थी विशेष जिल्ला कमिटीले मङ्गलबार आयोजना गरेको एक कार्यक्रममा करिव ३ सय युवाहरूलाई एमालेका महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए ।

त्यसैगरी केन्द्रिय कमिटी सदस्य तथा इन्चार्ज रमेश पौडेल र जिल्ला कमिटीका अध्यक्ष रामजी सापकोटाले नबप्रबेसीलाई स्वागत गर्दै सम्बोधन गरेका थिए ।

युवाहरूलाई स्वागत गर्दै महासचिव पाेखरेलले नेपाली राजनीतिमा एमाले बाहेक अन्य दलहरुको विकल्प नभएको भन्दै एमालेले युवाहरुको उचित मुल्याङकन गर्दै जिम्मेवारी प्रदान गर्ने बताए ।

त्यस्तै नवप्रवेशीलाई स्वागत गर्दै उचित व्यवस्थापन गरिने नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा विद्यार्थी विशेष जिल्ला कमिटीका इन्चार्ज रमेश पौडेलले बताए ।

रामजी सापकोटाले नेकपा एमालेलाई २०८४ सालसम्म प्रमुख राष्ट्रिय शक्तिको रुपमा अगाडि बढाएर स्थिर सरकार निर्माण गरी एमालेलाई बहुमतसहितको स्थिर सरकार बनाएर देशलाई सुखी नेपाली समृद्ध नेपालको दिशातर्फ अगाडि बढाउनुपर्ने बताए ।

त्यसैगरी राष्ट्रिय पूँजीको निर्माण गर्ने र नेपालभित्रै ब्यापक रोजगारी सिर्जना गरी देशभित्रै युवा रहन सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

‘राजनीतिमा व्यक्ति नायक होइन प्रणाली बलियो हुनुपर्छ प्रणाली बलियो भयो भने सरकार स्थिर र देशमा विकास हुन्छ । अहिले समाजमा देखिएका अराजक गतिविधिले देशलाई राम्रो गर्दैन । अराजकताले देशलाई राम्रो गर्दैन त्यसैले देश विकासका लागि राजनैतिक पार्टी बलियो हुनुपर्छ । ’ उनले भने ।


प्रतिक्रिया

10 thoughts on “करिव ३ सय युवाहरू नेकपा एमालेमा प्रवेश

    1. किन ? एमाले प्रवेश गरेको भनेर कुहिएका आलु भनेको ? हात्ती लम्कदै गर्छ भुस्याहा कुकर भुक्दै गर्छ ।

      1. हाे ,हाे हानि लम्कँदै गर्छ , चितवनकाे धुर्बे हात्ती , गाउँका निर्दाेष मान्छे मार्न ।
        एमाले लम्कंदै छ निर्दाेष जनता मार्न ।र देश खान !!
        खुब केपी ओली काे झाेला काेक्ने टेपा,

      2. हाे ,हाे हात्ती लम्कँदै गर्छ , चितवनकाे धुर्बे हात्ती , गाउँका निर्दाेष मान्छे मार्न ।
        एमाले लम्कंदै छ निर्दाेष जनता मार्न ।र देश खान !!
        खुब केपी ओली काे झाेला काेक्ने टेपा,

  1. हैन नेपालिको बुद्धि कहिले आउने हो ? ३४ बर्ष मा यिनै काङ्ग्रेस एमाले ले देश कङ्गाल बनाइ सके अझै यिनकै पछि कुदिराछन यसो हड्डी पाइन्छ कि भनेर होला |

  2. स्याबास् युवा हरु!! हाे यस्तो हुनुपर्छ नेपाली युवाहरु । किनकी महा भ्रष्टाचारी बनेर देशलाई उधाे लागाएर सखाप त पार्नै पराेनी! त्यसैले महा भ्रष्टाचारी केपी ओली प्रधानमन्त्रीमा हुँदा हुँदै नै सिकिहाल्नु पर्छ नी भ्रष्टाचार कसरि गर्ने भनेर । के थाह भरे भाेलि केपी ओली रहँदैन नी । अनि कसबाट सिक्ने र अधिकार लिने दिश लुट्न? त्यसैले ठिक समयमा नै कदम चालेछौ ५०/ ६० का युवाहरु पनि रहेछन्। जे हाे केपी ओलीकाे बिडा थामेर महा भ्रष्टाचारी नेपाली नेताहरु बन्न पुगेको लागि वधाई छ।
    तिमीहरु नै एकअर्कामा भाग कन्डा नपुगेर कुटाकुट गरेकाे चाँडै देख्न र सुन्न पाउँ!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर