अर्थ मन्त्रालयको ओएनएम सर्वे र भूउपयोग नियमावली स्वीकृत, यी हुन् सरकारका १० निर्णय
काठमाडौं । सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण सर्वे (ओएनएम) स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।
उनका अनुसार उक्त बैठकले भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका प्रस्तावमा भूउपयोग (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।
यस्तै आर्थिक वर्ष २०८१–०८२ का लागि युवा तथा खदेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रालय अन्तरगत रहेको राष्ट्रिय युवा परिषद्मा १५ र फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिमा ४ राजपत्रांकित पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धी (सीआरडीपी) कार्यान्वयन सम्बन्धी राष्ट्रिय प्रतिवेदन स्वकिृत गरी यूएन सीआरडीपी समितिमा पेश गर्ने निर्णय पनि गरेको छ ।