मापदण्डबिनै बिए एलएलबी पढाउने कलेजलाई चेतावनी, बार काउन्सिलको परीक्षामा रोकिने – Nepal Press

मापदण्डबिनै बिए एलएलबी पढाउने कलेजलाई चेतावनी, बार काउन्सिलको परीक्षामा रोकिने

काठमाडौं । मापदण्ड बिना नै बिए एलएलबी पढाउने कलेजलाई बार काउन्सिलको परीक्षा रोक्ने चेतावनी दिएको छ ।

हाल केही विश्वविद्यालय तथा शैक्षिक संस्थाले परिषद्बाट जारी गरी लागू भएको नियमावली तथा निर्देशिकाले तोकेको मापदण्ड पूरा नगरेरै कानून शिक्षाको अध्ययन अध्यानपन गरेको पाइएको भन्दै नेपाल कानून व्यवसायी परिषद्ले एक सूचना जारी गर्दै मापदण्ड बिना नै बिए एलएलबी पढाउने कलेजलाई यस्तो चेतावनी दिएको हो ।

परिषद्का सचिव श्रीराम खनालले जारी गरेको सूचनामा भनिएको छ, ‘उक्त मापदण्ड पालना नगरी अध्ययन अध्यापन गरी कानूनमा स्नातक तह उर्तीर्ण भएका त्यस्ता विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट कानूनमा स्नातक तह उत्र्तीण विद्यार्थीलाई यस नेपाल कानून व्यवसायी परिषद्बाट सञ्चालन हुने अधिवक्ता तहको परीक्षामा सहभागी गराउन परिषद् बाध्य नहुने व्यहोरा कानून शिक्षा समितिको २०८१ भदौ २३ गतेको निर्णय अनुसार सम्बन्धित विद्यार्थी, अभिभावक, विश्वविद्यालय, शैक्षिक संस्था र सरोकारवाला सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

कानूनी शिक्षालाई स्तरीय र प्रतिस्पर्धी बनाउन कानून शिक्षको अध्ययन अध्यापन गर्ने गराउने विश्विद्यालयलाई परामर्श गरी कानून व्यवसायको गुणस्तर मापदण्ड निर्धारण गरी त्यसको प्रचलन र परिपालना सुनिश्चित गर्न आवश्यक रहेको भन्दै कानून शिक्षा नियमावली, २०७७ तथा कानून शिक्षा अनुमति र निरीक्षणका लागि आवश्यक भौतिक पूर्वाधार सम्बन्धी निर्देशिका, २०७९ परिषद्ले जारी गरी लागू गरेको परिषदले स्मरण गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर