कार्यकर्तालाई रविकाे निर्देशन- ‘सहकारी ठग’ लेख्लान् भने नडराउनुस, एककाे बदला पाँच काण्ड लेख्नुस
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले कार्यकर्तालाई एकको बदला ५ वटा कान्ड लेख्न निर्देशन दिएका छन् ।
रास्वपा गण्डकीको मंगलबार भएको विस्तारित बैठकमा बोल्दै सभापति लामिछानेले अरुले एउटा कान्ड लेख्छ भनेर नडराउन आग्रह गरेका हुन् । उनले कसैले एक लेख्छ भने आफुले ५ लेख्न कार्यकर्तालाई निर्देशन दिए ।
‘कहिलेकाहीँ हामी डराउँछौं । हामीले केही भन्यौं भने सहकारी ठग लेख्छन् भनेर डराउँछौं । हामीलाई एउटा लेख्छन् भने तपाईंहरुले ५ वटा लेख्नुस् न । एमालेको ५ वटा कान्ड थाहा छैन र । एकको बदला ५ हाल्दिनु न तल’, उनले भने ।
प्रमाण भए देखाएर लैजान सरकारलाई सभापति लामिछानेले चूनौति दिए । ‘मलाई पक्राउ गर्न सरकारलाई के गाह्रो छ । देखाउ प्रमाण लैजाउ । भागेको छैन । लुकेको छैन । आरोप प्रत्यारोपको श्रृंखला चलिरहन्छ’, उनले भने, ‘डकुमेन्टले राजनीतिक रुपमा, नैतिक रुपमा र कुनै पनि रुपमा त्यस्तो किसिमको गल्ती गरेको छैन । त्यसकारण हिजो छाप्ने कुराहरुप्रति डटेर सामना गर्छु ।’
j hos maile mane guru timi laai