पूर्वमुख्यमन्त्री केदार कार्की प्रहरी नियन्त्रणमा – Nepal Press

पूर्वमुख्यमन्त्री केदार कार्की प्रहरी नियन्त्रणमा

विराटनगर । निषेधित क्षेत्रमा अनसन बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई प्रदेश सभा अगाडि उनी अनशन बसेकै स्थलबाट पक्राउ गरेको हो । अहिले सुरक्षाकर्मी र केदार समर्थकबीच दोहोरो झडप भएको छ ।
झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरुको संख्या यकिन छैन । झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन् । घाइतेहरुको संख्या पनि यकिन छैन ।


प्रतिक्रिया

One thought on “पूर्वमुख्यमन्त्री केदार कार्की प्रहरी नियन्त्रणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर