प्रगतिशील इञ्जिनियर्स एशोसिएसनका उम्मेदवारलाई प्रधानमन्त्रीको शुभकामना – Nepal Press

प्रगतिशील इञ्जिनियर्स एशोसिएसनका उम्मेदवारलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडाैं  । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २८ गते हुने नेपाल इञ्जिनियर्स एशोसिएसनको ३४ औँ निर्वाचनका लागि प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार समूहलाई शुभकामना दिएका छन् ।

इ. प्रा डा विष्णुुप्रसाद पाण्डे समूहको उम्मेदवार घोषणा कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले योग्य र सक्षम समूह भएकाले यसले विजय हासिल गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले निर्वाचनमा सफलता हासिल गरी मुलुुक बनाउने अभियानमा अझ सक्रिय भएर लाग्न आग्रह गरे ।

‘यो समूह चुनावमा उठ्नका लागि उठाए जस्तो मात्रै देखिएको छैन । यस क्षेत्रलाई ऊर्जाशील बनाएर राष्ट्र निर्माणमा लाग्न सक्षम समूह देखिएको छ । तपाईँहरुले चुनाव जितेपछि बसेर सविस्तार कुरा गरौँला’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर