टार्नै नसक्ने भएपछि हेटौंडाकी मेयर लामाले बोलाइन् विशेष नगरसभा – Nepal Press

टार्नै नसक्ने भएपछि हेटौंडाकी मेयर लामाले बोलाइन् विशेष नगरसभा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको विशेष नगरसभा भदौ २८ गते हुने भएको छ । नेकपा एमालेको बहुमत कार्यपालिका सदस्यले करको दर बढाएको विरुद्धमा विशेष नगरसभा बोलाउन गत साउन ३० गते लिखित निवेदन दिएपछि मेयर मिना कुमारी लामाले आलटाल गर्ने भरपुर प्रयास गरेपनि बहुमत कार्यपालिका सदस्यले विशेष नगरसभा माग गरे ३० दिनभित्र बोलाईसक्नुपर्ने कानुनी बाध्यताबीच नगरसभा बोलाएकी हुन् ।

नगरसभाको मिति तय गर्न यश अघि बस्ने भनिएको बैठक मेयर लामाले एकलौटी रुपमा स्थगित गरेकी थिइन् ।

उमपहानगरपालिकाले गत नगरसभाबाट बहुमत कार्यपालिका सदस्यलाई गुमराहमा राखेर करको दरमा  व्यापक वृद्धि गरेपछि मकवानपुर उधोग वाणिज्य संघको नेतृत्वमा मकवानपुरका व्यवसायीले चरणबद्ध आन्दोलन गरेका थिए । उनिहरुले आफ्नो व्यवसाय बन्द गरेर तालाचाबी नगर प्रमुख र उपप्रमुखलाई बुझाएका थिए ।

व्यवसायीले तालाचाबी बुझाएपछि उपमहानगरपालिकाले बाध्य भएर व्यवसायीहरुसङ्ग ८ बुदे सहमति गर्दै विशेष नगरसभा बोलाएर साविककै करको दरलाई लागू गर्ने प्रतिवद्दता जनाएको थियो । तर गत भदौ १६ मा विशेष नगरसभा बोलाउने भनेर बोलाएको बैठकलाई मेयर लामाले कांग्रेस उपप्रमुखसहित वडा अध्यक्ष र एकजना एकीकृत समाजवादीको वडाध्यक्षको अल्पमत कार्यपालिका सदस्यको साथ लिएर बैठक विनाकारण स्थगित गरेकी थिइन् ।

तर संबैधानिक व्यवस्थाको कारण लामाले मंगलबार कार्यपालिका बैठक बोलाएर भदौ २८ गते शुक्रबार दिउँसो २ बजेको लागि विषेश नगरसभा गर्ने निर्णय गरेकी हुन् ।

नगरसभा बोलाइएपनि उपमहानगरपालिकाले संघको सहमतीलाई कार्यन्वयन गर्नेभन्दा पनि कार्यदल बनाएर करको दायराको विषयमा निर्णय लिने तयारी गरेको श्रोतको दाबी छ ।

मेयर लामा कुनैपनि हालतमा करको दर गत आर्थिक वर्षकै कायम गर्ने पक्षमा हुनुहुन्न, एकजना कार्यपालिका सदस्यको भनाइ छ । ‘व्यवसायीसँग भएको सहमति पालना गरेजस्तो गर्ने तर करको दरको विषयमा समिति बनाएर आलटाल गर्ने उहाँको प्रयत्न छ, हेरौं अब नगरसभामा के हुन्छ’, ती कार्यपालिका स्द्स्यले भने ।

वृद्धि भएको करको दर फिर्ता हुनुपर्छः एमाले

विशेष नगरसभाको माग गरेको एमालेले भने अहिले देश आर्थिक रुपमा कमजोर भएको अवस्थामा वृद्धि भएको करको दर फिर्ता हुनुपर्ने आफुहरुको अडान रहने जनाएको छ ।

नेपालप्रेससङ्ग कुरा गर्दै एमाले वडा नम्बर –४ का वडा अध्यक्ष नवीन सिग्देलले जनताको सरकार रहेको स्थानीय सरकारले आम सर्वसाधारणलाई मारमा पार्ने कुनैपनि निर्णय आफुहरुलाई स्वीकार्य नहुने बताए । कानुनी रुपमा बढाएको करको दरलाई विशेष नगरसभा मार्फत कानुनी रुपमानै फिर्ता गर्नुपर्ने आफुहरुको माग रहेको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर