कोशीका पूर्वमुख्यमन्त्री कार्कीलाई प्रहरीले उनैको घरमा पुर्‍यायो – Nepal Press

कोशीका पूर्वमुख्यमन्त्री कार्कीलाई प्रहरीले उनैको घरमा पुर्‍यायो

विराटनगर । निषेधित क्षेत्रमा आमरण अनशनमा बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले उनको घरमा पुर्याएको छ ।

अनशन स्थलबाट प्रहरीले नियन्त्रणमा लिएर बूढीगंगास्थित टंकीमा रहेको उनको घरमा पुर्याएको हो । प्रहरीले घरमा पुर्याएको भएपनि उनी प्रहरी भ्यानबाट झर्न मानेका छैनन् ।

मोरङ प्रहरीका अनुसार कार्कीलाई विराटनगर स्थित प्रदेश सभा सचिवालयको गेट नजिकैबाट नियन्त्रणमा लिइएको थियो ।

उनी निषेधित क्षेत्रमा आजबाबाट अनशनमा बसेका थिए आमरण अनशनमा बसेका उनलाई प्रहरीले बलपूर्वक नियन्त्रणमा लिएको थियो ।

 


प्रतिक्रिया

One thought on “कोशीका पूर्वमुख्यमन्त्री कार्कीलाई प्रहरीले उनैको घरमा पुर्‍यायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर