काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहसचिव जयनारायण आचार्यलाई, अरु को कहाँ ? – Nepal Press

काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहसचिव जयनारायण आचार्यलाई, अरु को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले काठमाडौँ सहित केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मंगलबार साँझ मन्त्रालयले रिक्त रहेका जिल्लासहित काठमाडौँका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको गृह मन्त्रालयमा सरुवा गरेर काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा जयनारायण आचार्यलाई दिइएको छ । आचार्य कारागार व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारीमा थिए ।

यस्तै गृह मन्त्रालयमा अतिरिक्त समूहमा रहेका सहसचिव लीलाप्रसाद शर्मालाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव डा.टोकराज पाण्डेलाई मन्त्रालयमा जिम्मेवारी दिइने निर्णय भएको छ । यद्यपी उनलाई महाशाखा तोक्न बाँकी छ । मन्त्रालयमा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको पद रिक्त भएकाले सम्भव त उनलाई सोहि महाशाखाको जिम्मेवारी दिने सम्भावना छ ।

मन्त्रालयका अनुसार अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ भने मन्त्रालयका उपसचिव रमा आचार्यलाई प्युठानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । प्युठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याललाई मन्त्रालयमा तानिएको छ ।

इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका प्रमुख बाबुलाल अर्याललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटाको प्रमुखमा सरुवा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर