इङ्गल्याण्ड विजयी, जर्मनी र नेदरल्यान्डसको बराबरी – Nepal Press

इङ्गल्याण्ड विजयी, जर्मनी र नेदरल्यान्डसको बराबरी

हेटौंडा । ह्यारी केनले दुई गोल गरेपछि युइएफए नेसन्स लिग फुटबलमा इङ्गल्याण्डले फिनल्यान्डलाई पराजित गरेको छ । ग्रुप बी को खेलमा फिनल्यान्डलाई पराजित गर्न इङ्गल्याण्ड टोलीले दोस्रो हाफमा मात्र पहिलो गोल गर्न सफल बनेको हो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा केनले इङलिस टोलीको लागि पहिलो गोल गरे ।

उनले खेलको ५७ औँ मिनेटमा गोल गरेपछि खेलमा इङ्गल्याण्ड टोलीले पहिलो अग्रता बनायो । केनले आफ्नो राष्ट्रिय टोलीको लागि अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल गर्दै खेलको ७६ औँ मिनेटमा दोस्रो गोल गरेपछि इङ्गल्याण्ड टोली विजयी बन्यो ।

जितपछि ६ अंकको साथ इङ्गल्याण्ड तालिकाको दोस्रो स्थानमा छ । समान खेल खेलेको ग्रीस समान अंक सहित पहिलो स्थानमा रहँदा आयरल्यान्ड र फिनल्यान्ड विना अंक तेस्रो र चौथो स्थानमा छन् ।

गएराति भएको अन्य खेलहरूमा ग्रीसले आयरल्यान्डलाई २-०, जर्जियाले अल्बानियालाई १-०, माल्टाले अन्डोरलाई १-०, नर्थ म्यासेडोनियाले अर्मेनियालाई २-० ले पराजित गर्दा नेदरल्यान्ड र जर्मनी तथा बोस्निया र हङ्गेरी बराबरीमा रोकिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *