विश्वकप छनोट : पराग्वेद्वारा ब्राजिल पराजित – Nepal Press

विश्वकप छनोट : पराग्वेद्वारा ब्राजिल पराजित

हेटौँडा । विश्वकप फुटबल छनोट खेल अन्तर्गत दक्षिण अमेरिका छनोट खेलमा पराग्वेले ब्राजिललाई पराजित गरेको छ ।

बुधवार बिहान सम्पन्न खेलमा ७१ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिन सफल भए पनि ब्राजिल पराग्वेसँग १-० ले पराजित भएको हो ।

खेलमा ब्राजिलका स्टार फर्वाड नेमायरको अभाव खड्किएको देखिन्थ्यो ।

ब्राजिलको फर्वाडरहरु चुकेको खेलको २० औ मिनेटमा पराग्वेको लागि गोमेजले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । त्यसयता ब्राजिलले पराग्वेको पोस्टमा ८ पटक प्रहार गर्दा समेत गोल हुन सकेन ।

हारपछि ब्राजिल दक्षिण अमेरिकी छनोट समूहमा पाँचौँ स्थानमा यथावत् छ भने पराग्वे सातौँ स्थानमा छ । यस समूहमा अर्जेन्टिना शीर्ष स्थानमा रहँदा कोलम्बिया दोस्रो उरुग्वे तेस्रो तथा इक्वेडर चौथो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *