बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद – Nepal Press

बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद

भद्रपुर । स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका रु १३ करोड ७३ लाख ८९ हजार ३३ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । गैरकानुनी ढङ्गले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

प्रहरीले आव २०७८/७९ मा रु चार करोड पाँच लाख छ हजार एक सय ८१, आव २०७९/८० मा रु तीन करोड ९८ लाख ३६ हजार तीन सय ६४ र आव २०८०/८१ मा रु पाँच करोड ७० लाख ४६ हजार चार सय ८८ को भन्सार छलीका सामान बरामद गरेको हो ।

प्रवक्ता चन्दका अनुसार प्रहरीले तीन वर्षमा रु एक करोड ७८ लाख ९७ हजार आठ सय ४६ मूल्यका चार हजार दुई सय ८९ दशमलव ४१ क्यूबिक फिट अवैध काठ नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध काठका साथमा ३८ जना मानिस पक्राउ गर्नुका साथै ४९ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आव २०७८/७९ मा एक हजार दुई सय ६८ क्यूबिक फिट, आव २०७९/८० मा दुई हजार चार सय ७२ क्यूबिक फिट र आव २०८०/८१ मा पाँच सय ४९ दशमलव ४१ क्यूबिक फिट काठ नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर