लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची – Nepal Press

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

रुपन्देही । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २९ औँ बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेश गर्ने कार्यसूची छ ।

अघिल्लो प्रदेश सभा बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको विधेयकलाई पुनः छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो ।

समितिको बैठकले केही थप्नुपर्ने विषयहरूलाई समावेश गरेर पुनः प्रदेश सभामा पेश गर्ने तयारी गरेको हो । प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने समेत कार्यसूची तयार भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर