भारतीय मिडल ब्लकर सूर्याले एभरेस्ट महिला भलिबल खेल्ने, चितवन शक्तिमा आबद्ध – Nepal Press

भारतीय मिडल ब्लकर सूर्याले एभरेस्ट महिला भलिबल खेल्ने, चितवन शक्तिमा आबद्ध

काठमाडौं। एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) का लागि चितवन शक्तिले दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । चितवनले दोस्रो विदेशी खेलाडीको रूपमा भारतीय राष्ट्रिय टिमकी मिडलब्लकर सूर्या एसलाई आफ्नो टिममा अनुबन्ध गरेको हो ।

इडब्ल्युभिएलका लागि चितवनले यसअघि नै आफ्नो पहिलो विदेशी खेलाडीको रूपमा अजरबैजानकी अपोजिट हिटर केन्सिया पावेल्निकोलाई अनुबन्ध गरिसकेको छ ।

सूर्या नेपाली भलिबलको लागि परिचित अनुहार हुन् । उनी यस अघि पनि नेपाली भलिबल लिगहरूमा आई एभरेष्ट क्लब बुटवलबाट खेलिसकेकी छन् ।

उनी २०८१ मा भएको क्लब च्याम्पियनसिप लिगमा उत्कृष्ट ब्लकरको उपाधि जितेकी थिइन् । यसअघि २०८० मा भएको एनभीए लिगमा पनि उनी उत्कृष्ट स्पाइकरको उपाधि जितेकी खेलाडी हुन् ।

उनी नेपालमा आई महिला लिग खेल्न निकै उत्साहित छिन् । चितवन पनि अनुभवी खेलाडीलाई टिममा अनुबन्ध गर्दा निकै खुसी छ । उनको उपस्थितिले नेपाली दर्शकमा उत्साह र खेल निकै रोमाञ्चक हुने अपेक्षा राखेको छ ।

चितवन शक्तिका लागि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रूपमा रहेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *