प्रचण्डको दाबी- सरकारमा हुँदा राम्रो काम गरेकै कारण माओवादीमा आकर्षण बढ्यो – Nepal Press

प्रचण्डको दाबी- सरकारमा हुँदा राम्रो काम गरेकै कारण माओवादीमा आकर्षण बढ्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले सरकारको नेतृत्व गर्दा देशका केही न केही योगदान गरेको दाबी गरेका छन्।

महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै सरकारबाट भएपनि भ्रष्टाचारविरुद्धको अभियान नरोक्ने बताए।

उनले भने, ‘हामीले जतिपटक सरकारको नेतृत्व लिएका छौँ, त्यतिपटक देशका लागि केही न केही योगदान दिएका छौँ। भ्रष्टाचारको अन्त्य गर्ने र सुशासन स्थापित गर्ने हाम्रो अभियान रोकिन्न।’

उनले पहिचानका पक्षमा लड्ने पार्टीको रुपमा माओवादी केन्द्र स्थापित भएकै भइसकेकै कारणले देशैभरी माओवादीप्रति आकर्षण बढेको जिकिर गरे। सुशासन, सामाजिक न्याय र समृद्धिका लागि पार्टीले अघि सारेको सुस्पष्ट एजेण्डाका कारण माओवादीप्रति आकर्षण बढेको सुनाए।

कार्यक्रममा जसपाबाट श्यामबाबु यादव, कांग्रेसका विनयकुमार यादव, मोहित मण्डल, सञ्जीव यादव, जयराम यादव, बालबोध महतो, विरेन्द्र मण्डल, बिजय मण्डल, मनोज मण्डल, नवलकिशोर यादव, रामधविला यादव, लालबाबु यादव, नरेश चौधरी, कारी यादव, जयनारायण यादव, एमालेका श्यामसुन्दर चौधरी, मिथले साह, दिपेन्द्रकुमार चौधरी, बसन्त चौधरी, रामदेव महरा, दीपक सादा, परमजीत सादा, राजेश यादव, घुरण मुखिया, विजय पटेललगायत माओवादी माओवादीमा प्रवेश गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर