उपसभामुखले देशको शिर झुकाएको कांग्रेसको ठहर, राजीनामा दिन आग्रह (भिडिओ) – Nepal Press

उपसभामुखले देशको शिर झुकाएको कांग्रेसको ठहर, राजीनामा दिन आग्रह (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

यो विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने बताए ।

यो विषयमा छलफल गर्नको लागि चाँडै संसदीय दलको बैठक बस्ने बताए ।

उनले भने, ‘कांग्रेसको बैठकअघि सत्तारुढ दलहरुसँग छलफल गरेर साझा धारणा बनाएर अघि बढ्छौं । यो उहाँमाथि गम्भीर प्रश्न उठेको छ । उहाँले त्यस्तो कुनै सिफारिस गर्ने मिल्दैन । त्यसले संसदलाई नै अपमानित गरेको छ । यसले मुलुकको शिर झुकाएको कांग्रेसको बुझाइ छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर