योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय खाँदबारी नगरपालिकामा रहने
काठमाडौं । योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय अरुण उपत्यका अन्तरगत सङ्खुवासभाको खाँदबारी नगरपालिकामा रहने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ को दफा ४६ बमोजिम खाँदबारी नगरपालिकामा केन्द्रीय कार्यालय रहने सूचना राजपत्रमा प्रकाशित गरेको मन्त्रालयका सचिव डा.दिपक काफ्लेले जानकारी दिए ।
ऐनको दफा ४६ मा कोशी प्रदेशको अरुण उपत्यकाभित्र यातायातको पहुँच, उपयुक्त भौतिक पूर्वाधार र शैक्षिक वातावरण समेतलाई विचार गरी विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने स्थान नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर तोक्ने व्यवस्था गरिएको छ ।