रास्वपाले भन्यो- उपसभामुख गलत व्यक्ति होइनन्, सत्ता गठबन्धनको इमान्दारितामै प्रश्न छ (भिडिओ) – Nepal Press

रास्वपाले भन्यो- उपसभामुख गलत व्यक्ति होइनन्, सत्ता गठबन्धनको इमान्दारितामै प्रश्न छ (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउन खोज्ने सत्ता गठबन्धनमाथि नै प्रश्न उठाएको छ । सिंहदरबारमा बसेको सचिवालय बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले १८ महिना अघिको कुरा अहिले ल्याएको भन्दै असन्तुष्टि जनाए ।

उनले भने- १८ महिना अघि उहाँले एउटा पत्रमा हस्ताक्षर गरेको देखियो। त्यो सम्बन्धित ठाउँमा पुगेको छैन । त्यो भिजाको लागि पनि होइन अन्तर्वार्ताको समय चाँडो गराइदिन मात्रै थियो । उहाँले १८ महिना अघि नै पत्र लेख्नु गलत थियो हामीले मान्यौँ, त्यो अहिले गलत थियो भने १८ महिना अघि पनि गलत थियो नि । आज आएर गलत भएको हो र ? त्यो कुरा। त्यसैले उहाँको दाउपेचमा हुनुहुन्छ । १८ महिनाअघि नै गलत थियो भने अहिले कि चर्चा गर्दै हुनुहुन्छ ।

उनले उपसभामुखले छानबिन र स्पष्टीकरण दिने मौका पाउनुपर्ने बताए। संवैधानिक परिषद्मा आफू अनुकुल बनाउन सत्ता गठबन्धनले यो तयारी गरेको बताए।

उनले थपे- अहिले चर्चा हो, कुनै औपचारिक कदम चालिएको छैन। हामी अहिले छलफल गरिरहेका छौँ । आगामी निष्कर्ष सुनाइहाल्नुपर्ने अवस्था आएको छैन । आज उहाँको सदनको प्रस्तुति अनुसार हामी आगामी धारणा बनाउँछौं ।

उनले उपसभामुख राना गलत व्यक्ति नभएको जिकिर गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर