सुनसरीबाट २ सय ३५ किलो गाँजासहितको गाडी नियन्त्रणमा – Nepal Press

सुनसरीबाट २ सय ३५ किलो गाँजासहितको गाडी नियन्त्रणमा

सुनसरी । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-८ स्थित हुलाकी मार्गबाट भाद्र २६ गते सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।

सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा इलाकातर्फ जाँदै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अवस्थामा ८ बोरा प्रतिबन्धित लागू औषध गाँजा बोर्डर आउट पोष्ट (बिओपी) लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको हो ।

सशस्त्र प्रहरीले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा फसेपछि चालक भने फरार भएका थिए । बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

यसअघि सशस्त्र प्रहरीले भाद्र २५ गते सोही जिल्लाको बराहक्षेत्र नगरपालिका-६ स्थित शिसौलीघाटबाट करिब २ सय ४५ केजी गाँजा बरामद गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर