राष्ट्रियसभा : दुई समिति सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक – Nepal Press

राष्ट्रियसभा : दुई समिति सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक

विधायन व्यवस्थापन समितिमा जसपा निर्णायक, प्रत्यायोजित समितिमा सत्तापक्ष र प्रतिपक्ष बराबर

काठमाडौं । राष्ट्रिय सभाका दुई समितिको सभापतिको निर्वाचन कार्य तालिका सार्वजनिक भएको छ । राष्ट्रियसभा संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय सभाको विधान व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिका लागि भदौ ३१ गते दिउसो १ बजे निर्वाचन गर्ने गरी कार्य तालिका सार्वजनिक गरेको हो ।

राष्ट्रिय सभा नियमावली, २०७४ को नियम १५० का खण्ड क को उपनियम ३ बमोजिम राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले दुवै समितिका सभापतिको निर्वाचन तोकेकाले सूचना जारी गरिएको राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले जानकारी दिए ।

उनका अनुसार भदौ ३० गते बिहान साढे १० बजे देखि साढे १२ बजेसम्म प्रस्ताव दर्ता गर्ने, भदौ ३० गते दिउसो १ बजे प्रस्ताव सूची दर्ता गर्ने र भदौ ३१ गते दिउसो १ बजे सम्बन्धित समितिको बैठक कक्षमा प्रस्तावलाई निर्णयार्थ प्रस्ताव गर्ने कार्य तालिका रहेको छ ।

विधान व्यवस्थापन समितिमा १५ जना सदस्य रहेका छन् । जसमा सबैभन्दा बढी नेकपा ९माओवादी केन्द्र०का सबैभन्दा बढी ५ जना, नेपाली कांग्रेसका ४ जना, नेकपा ९एमाले०का ३ जना र जनता समाजवादी पार्टी (जसपा)का एक जना सांसद रहेका छन् ।

विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईको २ वर्षे कार्यकाल २२ गते पुरा भएपछि उक्त समितिको सभापति पद रिक्त भएको हो ।

यसरी हेर्दा सत्ता पक्ष र प्रतिपक्षका सांसद बराबर देखिएका छन् । सत्तापक्ष काँग्रेस र एमालेका ७ जना सांसद रहेका छन् भने प्रतिपक्ष दल माओवादी र समाजवादीका पनि ७ जना नै सांसद रहेका छन् ।

जसपाका सांसद मृगेन्द्रकुमार सिंह दुवै पक्षका लागि निर्णायक बनेका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा सरकारमा सहभागी नभएको भए पनि अहिलेको सरकारलाई समर्थन जनाएका कारण उसले सभापतिमा सत्तापक्षलाई समर्थन गर्ने सम्भावना बढी छ । त्यस्तो अवस्थामा सत्तापक्षकै सभापति निर्वाचित हुनेछ ।

जसपाका सांसद सांसद मृगेन्द्रकुमार सिंहले यस विषयमा सत्तापक्ष र प्रतिपक्ष कुनैसँग पनि छलफल भई नसकेको बताए । उच्च तहमा छलफल भइसकेपछि मात्रै निर्णय गरिने नेपाल प्रेससँग बताए ।

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा १२ जना सदस्य रहेका छन् । जसमा माओवादीका ४ जना, कांग्रेसका पनि ४ जना, एमालेका २ जना र नेकपा एसका पनि २ जना सांसद रहेका छन् । सत्तापक्ष र प्रतिपक्ष विभाजन हुँदा काँग्रेस र एमाले सहित सत्तापक्षका ६ जना पुग्छन् भने माओवादी र नेकपा एस गरेर पनि प्रतिपक्षका ६ जना नै पुग्छन् । यस समितिमा न त सत्तापक्ष न त प्रतिपक्ष कुनै पनि निर्णायक हुन सक्दैन ।

यद्यपि राष्ट्रिय सभामा ४ वटा एकल समिति मध्ये दुई वटा खाली भए पनि दुई वटामा भने सत्तापक्षकै सभापति रहेका छन् । जसमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नेकपा (एमाले) का सोनाम ग्यालजेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा काँग्रेसका कमला पन्त सभापति रहेका छन् । राजनीतिक सहमतिकै आधारमा सभापति छनौट गर्दा रिक्त रहेका २ समितिमा यस अघिकै माओवादी र नेकपा एसका सभापतिलाई निरन्तरता दिने तयारी पनि रहेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर