अर्घाखाँचीबाट बुटवल आउँदै गरेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते – Nepal Press

अर्घाखाँचीबाट बुटवल आउँदै गरेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते

रुपन्देही ।अर्घाखाँचीबाट बुटवल आउँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

छत्रदेवबाट बुटवल आउँदै गरेको लु १ ज ४७६३ नम्बरको डबल क्याप बोलेरो शितगंगा गाउँपालिका–१२ मा हिलेखोलामा दुर्घटना भएको अर्घाखाँचीका डीएसपी प्रतितसिंह राठौरले बताए ।

दुर्घटना परेर अन्दाजी ६५ वर्षीय रामप्रसाद पन्थीको मृत्यु भएको र उनको ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।छत्रदेवदेखि बुटवल आउँदै गरेको जिपमा १० जना सवार रहेका थिए । घाइते ९ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि बुटवल रिफर गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर