बालेनलाई बडालको जवाफ- नशाबाट बाहिर निस्कनुस्, भ्याकेटमा जान अदालतको फैसला पूर्णपाठ आउनुपर्छ – Nepal Press

बालेनलाई बडालको जवाफ- नशाबाट बाहिर निस्कनुस्, भ्याकेटमा जान अदालतको फैसला पूर्णपाठ आउनुपर्छ

काठमाडौं । सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि ड्रग्सको नशाका सूरमा जे पायो त्यही अशिष्ट तथा छाडा कुरा लेख्ने गरेको आरोप लगाएका छन् ।

मेयर बालेन शाहले नदी किनाराका बस्ती खाली गर्ने सम्बन्धी विवादमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आरोप लगाउने क्रममा बुधवार अर्को लामो स्टाटस लेखेपछि बडालले प्रतिवाद गरेका हुन् ।

अध्यक्ष बडालले सर्वोच्चको फैसला पुनरावलोकनका लागि भ्याकेटको निवेदन लिएर जान पूर्ण पाठ आउनुपर्ने स्मरण गराउँदै जनतालाई दिग्भ्रमित पार्ने तथा मुख छाड्ने काम नगर्न चेतावनी दिएका छन् ।

बडालले वक्तव्यमार्फत भनेका छन्, ‘भ्याकेटमा जान पूर्ण पाठ आउनु पर्छ भन्ने कुरा बालेनले बुझ्न ड्रग्सको नशा उतारिनु पर्छ। महोत्तरीका बालेन्द्र साहजी, तपाईं काठमाडौंको मेयर भएपछि अत्यन्तै अशिष्ट हुँदै जानुभएको छ । न त तपाईंलाई राजनीतिबारे केही थाहा छ, न शिष्टताबारे केही मतलब छ । काम माखो मार्ने होइन, स्रोत नखुलेको अरबौं खर्च गरेर साइबर बुली चलाउनुभयो । जनतालाई दिग्भ्रमित पार्नुभयो, त्यसैको बलमा भत्काउने, बिगार्ने, मुख छाड्नेभन्दा अरू केही गर्न जान्नुहुन्न ।’

तपाईंको कला र साहित्य पनि उही अशिष्ट र घिनलाग्दो छ, ‘तेरो बाउ, मेरो बाउ’, ‘टिक्ने, टोक्ने, खोक्ने’, यस्तै यस्तै न हो ! आफू तेली साह भएर काठमाडौंमा थाहा नहोस् भनेर शाह लेख्नुहुन्छ । आफ्नो सर्टिफिकेटमा नाम सच्याउन हिजो २:३० बजे बैंगलोर उड्नुभयो । यता, काठमाडौंमा बबाली स्टाटस लेखेर भ्रम छर्नुभयो । अदालतको फैसलामा सरकार भ्याकेटमा जाने फैसलाको पूर्णपाठ आएको दुई महिनामा हो । फैसला अस्ति असारमा आएको हो भन्ने बुझ्न ड्रग्सको नशाबाट बाहिर निस्कन सुझाव छ ।’

पछिल्लो समय बालेन र बडालबीच सामाजिक सञ्जालबाट आरोप-प्रत्यारोप समेत चलिरहेको छ । केही समयअघि बडालले बालेनको सचिवालयबाटै केही फेसबुक पेज सन्चालित भएको र फेक सूचना जारी गरेको भन्दै रिपोर्टसमेत गरेपछि ट्रोल नेपाललगायत केही पेज एकाध दिन बन्द समेत भएका थिए ।

यसबीचमा बालेनको फेसबुक स्टाटस हटेपछि उनले एमालेमाथि आफ्नो स्टाटस डिलिट गरेको आरोप समेत लगाएका थिए । तर, पछि उनको स्टाटस रिकभर भएको थियो ।

बडालले बुधबार बालेनलाई अशिष्ट र घिनलाग्दो कला बन्द गर्न आग्रह गर्दै आफ्नो सर्टिफिकेटको नाम सच्याउन बालेन हाल बैंगलोर गएको दाबीसमेत गरेका छन् । उनले बालेनमाथि पैसा खर्च गरेर साइबर बुली चलाएको आरोप समेत लगाएका छन् ।


प्रतिक्रिया

6 thoughts on “बालेनलाई बडालको जवाफ- नशाबाट बाहिर निस्कनुस्, भ्याकेटमा जान अदालतको फैसला पूर्णपाठ आउनुपर्छ

  1. बडाल जि तपाई लाई आफ्नो पार्टी अध्यक्षको झोले होला , तपाईं पहिला आफ्नो अध्यक्षको बोली लाई ध्यान दिनुहोस देशको प्रधानमन्त्रीको शैली र भासा लाई सिस्ट र मर्यादा सिकाउन नसक्नेले तेलि होस या शाह उसलाई के सिकाउनु हुन्छ ? होलिबाइनको नसामा बस्ने लाई सिकाउनु होसन । बालेन नेपाली नै हो उ जहाको भए पनि नेपाल निर्माण गर्न काठमाण्डु कै हुनु पर्न्र हो भने ओलि लाई पनि झापा पठाउनु होस पहिला आफ्नै गाउँ बनाउ भनेर । बाह्यात झोले हरु ।

    1. बालेनलाई भन्दा ठूलो नशा बडाललाई लागेको छ ।

  2. बडाल जी तिम्रा मालिक ले चै मैले घुमाएर एक किक दिए भन्दा कतिको सभ्य भयो ?
    मलाई साम्प्रदायिकता भङ्ग गर्ने कमेन्ट लेखेको आरोप लाग्छ पक्कै तर यो ध्रुव सत्य हो कि डिल्ली खनालका भनाई अनुसार “बाहुनले खाएको देश र बाख्राले खाएको बाली कहिले उभो लाग्दैन।” भन्ने कुरा बालेन र हर्कले प्रमाणित गर्दैछन

  3. शाहा तेलि भनेर जातियता को लडाइ चाहेको हो तपाइले ??

  4. काम गर्ने लाउ काम गर्न दियेको बेश हुन्छ , तेलि शाह हुन कि जातिय राजा शाह नै किन न हुन वहाको काम राजाकै छ , आम नागरिकका दिल दिमाग दुबैम बस्न सफल हुनु भा छ , तपाईले भने झै नशामानै भयेनी सम्मानजनक काम नै गरिरहनु भा छ … काम गरिरहनु भा छ काम गर्नदियेको बेश बरु काम नहुने हरुले फेसबुक जुहारी खेल्नुभन्दा ….के भन्छननी काम पायेनौ …. पाडाको …. कन्याउन जानुस कम्तिमा पाडालाइ त आनन्द आउला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर