नेपालले पहिलो पटक द हङकङ सिक्सेस क्रिकेट खेल्ने – Nepal Press

नेपालले पहिलो पटक द हङकङ सिक्सेस क्रिकेट खेल्ने

पोखरा । नेपालले हङकङमा हुने द हङकङ सिक्सेस क्रिकेट खेल्ने भएको छ ।

आउँदो नोभेम्बर १ देखि ३ सम्म अर्थात् कात्तिक १६ देखि १७ गतेसम्म हुने क्रिकेटमा नेपाली टोलीले सहभागिता जनाउने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

‘हङकङ सिक्सेस क्रिकेटमा नेपालले सहभागिता जनाउने निश्चित भएको छ । पहिलो पटक सहभागिता जनाउन लागेको हो । नेपालको एउटा टिमले खेल्छ । त्यसमा कुन कुन खेलाडी जाने भन्नेबारे पछि थाहा हुन्छ,’ उनले भने ।

उक्त प्रतियोगितामा विश्वभरबाट ८ देखि १२ टिमले सहभागिता जनाउनेछन् ।

हालसम्म नेपालसहित श्रीलंका र न्यूजिल्यान्डले सहभागिता जनाउने निश्चित भएको छ । यो प्रतियोगितामा एक टीममा ६ खेलाडी हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *