योगेश भट्टराईको शब्द अभिलेखबाट हटाउन नपर्ने, सभामुखको रुलिङमाथि नै माओवादीको आपत्ति (भिडिओ) – Nepal Press

योगेश भट्टराईको शब्द अभिलेखबाट हटाउन नपर्ने, सभामुखको रुलिङमाथि नै माओवादीको आपत्ति (भिडिओ)

काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा प्रयोग गरेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट हटाउन नपर्ने बताएका छन् ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेसहित सांसदहरूको मागअनुसार विषय प्रसंगलाई हेर्दा ‘हिंसा’ शब्द असंसदीय नदेखिएको संसदको अभिलेखबाट हटाउन नपर्ने बताए ।

पछिल्ला बैठकहरूमा प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेकाले शब्द चयनमा सचेतता अपनाउन आग्रह गरे ।

सभामुख घिघिरेले परामर्श समिति र संसद सचिवालयको परामर्श लिएर हिंसा शब्द अभिलेखबाट हटाउन नपर्ने निर्णय लिएको छ । सांसद भट्टराईले हिंसा शब्द प्रयोग गरेपछि माओवादीका सांसदहरूले जनयुद्धको अपमान गरेको भन्दै आपत्ति जनाएपछि आरोप प्रत्यारोप चलेको थियो ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डे संविधानभन्दा बाहिर जाने छुट कसैलाई नभएको बताए ।

उनले भने, यसमा अहिले आएको व्याख्यामा हाम्रो दल विरोध गर्छ। यो बेठिक भएको छ। संविधान भन्दा माथि अरु कोही हुँदैन। यसरीनै संविधान र शान्ति प्रक्रियाको विपरित शब्द प्रयोग गर्दै जान मिल्दैन ।

उनले सांसद भट्टराईको नियतमा प्रश्न उठाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर