पोखरामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या – Nepal Press

पोखरामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

पोखरा । पोखरामा श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

कास्की अन्नपूर्ण गाउँपालिका १ गौडाँडा घर भई पोखरा महानगरपालिका-८ बस्ने ४२ वर्षीय जहरसिंह कुँवरलाई प्रहरीले पक्राउ गरेको हो । जहरसिंहले श्रीमती ४० वर्षीया राधिका कुँवरलाई घाँटीमा र पेटमा धारिलो हतियार (खुकुरी) प्रहार गरेको कास्की प्रहरीले जनाएको छ ।

सामान्य विवादमा खुकुरी प्रहारबाट घाइते भएकी राधिकाको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर