शान्ति सम्झौताको दफा सुनाउँदै बर्तौलाले भने- हिंसा अन्त्य गर्छौं भनेर प्रचण्डले सही गरेको होइन ? (भिडिओ) – Nepal Press

शान्ति सम्झौताको दफा सुनाउँदै बर्तौलाले भने- हिंसा अन्त्य गर्छौं भनेर प्रचण्डले सही गरेको होइन ? (भिडिओ)

काठमाडौं । सदनमा ‘हिंसा’ शब्दलाई लिएर माओवादीसँग आरोप-प्रत्यारोप चलेपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शान्ति सम्झौताको दफा पढेर सुनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै हिंसा अन्त्य गर्छौं भनेर प्रचण्डले सही गरेको होइन ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकार गम्भिर उलंघन गर्ने तथा मानवताविरुद्वको अपराधमा संलग्नहरूको सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न हामीले सहमति गरेका छौं । देशमा विद्यमान सबै स्वरुपका युद्ध आक्रमण हिंसा अन्त्य गर्छु भनेर प्रचण्डले हस्ताक्षर गर्नुभएको होइन ?’

उनले संविधानले सशस्त्र द्वन्द्व भनेपनि हिंसाको क्रममा जघन्य अपराध भएको आरोप लगाए । देशको शान्ति प्रक्रियालाई पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर