‘एभरेस्ट होटल बिक्रीमा छैन, अफवाह फैलाउने सञ्चारमाध्यमविरुद्ध कानूनी प्रक्रियामा छौं’ – Nepal Press

‘एभरेस्ट होटल बिक्रीमा छैन, अफवाह फैलाउने सञ्चारमाध्यमविरुद्ध कानूनी प्रक्रियामा छौं’

काठमाडौं । दि एभरेष्ट होटलले होटल विक्रीमा नरहेको भनेर प्रेस विज्ञप्ति जारी गरेको छ । पाँच तारे एभरेष्ट होटल बिक्रीमा रहेको भनेर समाचार आउन थालेपछि होटलले बिक्रीमा नरहेको भन्दै विज्ञप्ति निकालेको हो ।

विगत केही दिनदेखि पाँच तारे एभरेष्ट होटेल यति मूल्यमा विक्रिमा राखिएको भनी मूल्यसमेत उल्लेख गरी विभिन्न सञ्चार माध्यमहरूमा झुठ्ठा र भ्रामक हल्ला फिजाइएकोमा होटल व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । होटल बिक्री गर्ने कुनै योजना नभएको समेत बताएको छ ।

‘होटल बिक्रि गर्ने कुनै योजना छैन । झुठ्ठा, भ्रामक र कपोलकल्पित हल्लालाई विश्वास नगर्नु हुन सर्वसाधारणलाई अनुरोध गर्दछौं । यस्ता कुठा भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण नगर्न नगराउन सम्बन्धित सबैलाई अनुरोध गर्दछौं । नयाँ बानेश्वरमा विगत ४६ वर्षदेखि सञ्चालन हुँदै आएको ख्याती प्राप्त दि एभरेष्ट होटलको ख्याती र प्रतिष्ठामा आँच पुग्ने गरी निराधार, भ्रामक सामाग्री प्रकाशन तथा प्रशारण गर्ने सञ्चार संस्था माथी आवश्यक कारवाहीका गर्नको लागि सम्वन्धित निकायमा कानूनी प्रक्रिया अगाडि बढाइ सकिएको छ’, होटलले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

होटलले लामो समयदेखि निरन्तर रुपमा ठूलो संख्यामा बिदेशी तथा स्वदेशी पर्यटक र ग्राहकहरूलाई गुणस्तरीय सेवा दिदै आएको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *