अनलाइनबाट कम्पनी दर्ता गर्ने काम रोकियो – Nepal Press

अनलाइनबाट कम्पनी दर्ता गर्ने काम रोकियो

काठमाडौं ।  कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता  गर्ने सेवा राेकेकाे छ। कार्यालयले एक सूचना निकालेर अनलाइनबाट कम्पनी दर्ता गर्ने काम बन्द भएको बताएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनलाइनबाट नै कम्पनी दर्ता हुँदै आएकोमा दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर सेवा बन्द गरिएको हो ।

अनलाइनबाट नै कम्पनी दर्ता गर्ने विषयमा अदालनमा मुद्दा परेको थियो । त्यसपछि अनलाइनबाट कम्पनी दर्ताको काम रोकिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *