महेश बस्नेतविरुद्ध शोभा पाठकको उजुरीमा दाबी नपुग्ने उच्च अदालतको ठहर, मुद्दा नचल्ने प्रहरी र सरकारी वकिलकै निर्णय सदर – Nepal Press

महेश बस्नेतविरुद्ध शोभा पाठकको उजुरीमा दाबी नपुग्ने उच्च अदालतको ठहर, मुद्दा नचल्ने प्रहरी र सरकारी वकिलकै निर्णय सदर

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध शाेभा पाठकले हालेको मुद्दा उच्च अदालत पाटनले खारेज गरिदिएको छ । यस अघि जिल्ला अदालत काठमाडौंमा हालेको रीट पनि खारेज भएपछि ति महिलाले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् ।

दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश ऋषि राजभण्डारी र खडानन्द तिवारीको संयुक्त इजलाशले खारेज गर्ने निर्णय गरेको उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए ।

एमाले नेता बस्नेतविरुद्ध ति महिलाले बलात्कार, भ्रुण हत्या तथा डकैतीको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरेकी थिइन् । सुरुमा सीधै प्रहरीमा जाहेरी दिएकोमा दर्ता नभएपछि हुलाकमार्फत उनले दर्ता गरेकी थिइन् ।

उनको जाहेरीको दाबी नपुग्ने भन्दै प्रहरीले मुद्दा नचल्ने सिफारिस गरेको थियो । प्रहरीको सिफारिसबमोजिम सरकारी वकिलको कार्यालयले पाठकको जाहेरी झुटो देखिएपछि मुद्दा नचल्ने गरी मुल्तबीमा राखेको थियो ।

त्यसविरुद्ध पाठक अदालत गएकोमा अदालतले सरकारी वकिलको निर्णय सदर गर्दै मुद्दा चलाउनुपर्ने उनको माग अश्वीकार गरेको हो ।

ती महिलाले बस्नेतबाहेक अरु केही पुरुषलाई पनि ब्ल्याकमेल गरेर दु:ख दिएको र बिहे गर्दै अंश मुद्दा हाल्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । बस्नेतमाथि उनले लगाएका आरोप पुष्टि नभएपछि प्रहरीले मुद्दा अघि बढाएको थिएन ।

 


प्रतिक्रिया

One thought on “महेश बस्नेतविरुद्ध शोभा पाठकको उजुरीमा दाबी नपुग्ने उच्च अदालतको ठहर, मुद्दा नचल्ने प्रहरी र सरकारी वकिलकै निर्णय सदर

  1. दक्षिणले महेश विरूद्व प्रयोग गर्न खटाईएका पछारिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर