कोशीमा भोलिसम्म कांग्रेसका मन्त्री नियुक्त भइसक्छन् : उद्धव थापा (भिडिओ) – Nepal Press

कोशीमा भोलिसम्म कांग्रेसका मन्त्री नियुक्त भइसक्छन् : उद्धव थापा (भिडिओ)

अहिले मन्त्रालय नथप्ने, कांग्रेस-एमालेबीच यस्तो भयो सहमति

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले कोशी प्रदेश सरकारमा बिहीबार (भोलि) सम्म कांग्रेसका मन्त्रीहरू नियुक्त भइसक्ने बताएका छ्न ।

वुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले बुधबार बूढानीलकण्ठमा बसेको कांग्रेसको पदाधिकारीको बैठकले मन्त्रीहरूको नाम टुंग्याएको बताए । केन्द्रबाट नाम आउने बित्तिकै सरकारमा मन्त्रीहरूलाई सहभागी गराइने थापाले सुनाए ।

कांग्रेस प्रदेश संसदीय दलका नेता समेत रहेका उनले मन्त्रालय नबढाउने प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउबाबीच सहमति भएकोले त्यहीअनुसार अघि बढ्ने जानकारी दिए ।

‘दुवै पार्टीबाट दुई-दुई जना राज्य मन्त्री राखिने सहमति भएको छ । तत्काल मन्त्रालयको संख्या नबढाइए पनि १३ सदस्यीय मन्त्रिमण्डल बन्ने र कांग्रेस सरकारमा सहभागी भएको केही समयपछि मन्त्रालय बढाउन सकिने छ’, उनले भने ।

थापाले पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टीसँग समन्वय नगरी आन्दोलन सुरू गरेको भएपनि यसलाई राजनैतिक रंग दिने भन्दा सहमतिमा टुंग्याउने प्रयास भइरहेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर