राष्ट्रिय पर्यटन व्यवसायी संगठनले बुझायो बोर्डलाई ९ बुँदे ध्यानाकर्षण – Nepal Press

राष्ट्रिय पर्यटन व्यवसायी संगठनले बुझायो बोर्डलाई ९ बुँदे ध्यानाकर्षण

काठमाडाैं । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले नेपाल पर्यटन बोर्डलाई ध्यानाकर्षण गराएको छ । संगठनका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद सापकोटा र महासचिव यम बहादुर खड्काले संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटन बोर्डमार्फत सम्बोधन हुनुपर्ने विभिन्न मुद्दाहरु यथाशीघ्र कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् ।

साथै, संगठनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएका दीपकराज जोशीलाई बधाई दिएको छ ।

संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पर्यटन बोर्ड मार्फत सम्बोधन हुनुपर्ने निम्न बुँदाहरु यथाशिघ्र कार्यान्वयन गर्न यहाँ मार्फत बोर्ड संचालक समिति र प्रसासनको ध्यानाकर्षण गराउँदछौँ ।’

यस्ता छन् संगठनले कार्यान्वयन गर्न माग गरेका बुँदाहरु:

क) २०८१-२०८२ को नेपाल पर्यटन बोर्डको बजेट तत्काल पास गरि कार्यान्वयनमा लैजानुपर्ने ।

ख) विश्व प्रसिद्ध पर्यटन मेलाहरु WTM, ITB लगाएतमा नेपाल पर्यटन बोर्डमार्फत निजी क्षेत्रको सहभागिता तत्काल शुनिस्चित गर्नुपर्ने ।

ग) निजि क्षेत्रको सहभागितामा नया पर्यटन बजारहरु पहिचान गरि तत्काल प्रवर्द्धनात्मक कार्यक्रमहरु आयोजना गरिनुपर्ने ।

घ) एयर टिकटमा लगाईएको VAT र Trekking मा लगाईएको VAT तत्काल फिर्तालिन सरकारसँग संबाद गर्नुपर्ने ।

ङ) TIMS को उदेस्य अनुरुप कार्यान्यन गरि FIT Trekkres लाई रोक्नुपर्ने, जसका लागि तत्काल पर्यटनहरु पदमार्ग प्रबेश गर्ने द्वारहरुमा चेकपोस्टहरु स्थापना गर्नुपर्ने ।

च) No Trekking without Guide / Porter यथाशिघ्र लागु गर्नुपर्ने ।

छ) विश्व बजारमा नेपालको प्रचार-प्रसार गर्न BBC. CNN जस्ता प्रसिद्ध संचार माध्यमहरुमा नेपालको प्रचार गर्नुपर्ने ।

ज) TIMS कोषमा जम्मा भयको श्रमिक कल्याणकारी कोषको रकम TAAN मार्फत तत्काल कार्यान्यनमा ल्याउनुपर्ने ।

झ) नेपाल एयरलाइन्सको सुधारको लागि NTB ले नेतृत्वदायी भूमिका खेल्नुपर्ने लगायत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर