चेस ओलम्पियाडमा सहभागी हुन जान लागेका नेपाली खेलाडीलाई हंगेरीले दिएन भिषा – Nepal Press

चेस ओलम्पियाडमा सहभागी हुन जान लागेका नेपाली खेलाडीलाई हंगेरीले दिएन भिषा

काठमाडौं। चेस ओलम्पियाडमा सहभागी हुन जान लागेका नेपाली खेलाडीलाई हंगेरीले भिषा दिन अस्वीकार गरेको छ ।

प्रतियोगितामा सहभागी हुन ९ जना खेलाडी नयाँ दिल्लीबाट हंगेरीको बुडापेस्ट उड्ने तयारीमा थिए । तर उनीहरुलाई भिषा दिन अस्विकार गरेको नेपाल बुद्धिचाल संघका सदस्य राजु ताम्राकारले जानकारी दिए ।

१० जना नेपाली खेलाडी ४५ औं चेस ओलम्पियाडमा सहभागी हुन लागेका थिए । अस्ट्रेलियामा रहेका विवेक थिङ उतैबाट बुडापेस्ट पुगेका छन् । चेस ओलम्पियाड मंगलबारदेखि सुरु भएको छ ।

९ खेलाडीसहित २१ जना नेपाली टोलीले भिषाका लागि आवेदन दिएकामा सबैको अस्विकार भएको बुझिएको छ ।

पालमा हंगेरि राष्ट्रको एम्बेस्सी उपलब्ध नभएका कारण नेपाली चेस टोलिले दिल्ली स्थित हंगेरि एम्बेस्सीमा केही समय अगाडि सहज भिसा प्राप्त गर्न अध्यक्ष र कोषाध्यक्षले समन्वय गरेका थिए ।

लगत्तै हंगेरि एम्बेस्सीले नेपालको जर्मन एम्बेस्सी मार्फत भिसा प्रकृया चलाउन दिएको सुझाव अनुसार नेपाल बुद्धिचाल महासंघ लागेको थियो ।

नेपाल स्थित जर्मन एम्बेस्सीले नेपाली चेस टोलिलाई ४ तारिख अन्तर्वार्ताको समय दिएको थियो भने ५ तारिखमा भिसा अस्वीकृत गरेका थिए। तत्काल आयोजकलाई सूचना दिए पछि पुन: महासंघले जर्मन एम्बेस्सीमा अपील गरेका थिए ।

११ तारिख देखि आरम्भ हुने ओलम्पियाड चेस खेलमा सहभागी बन्नु पर्ने र समय अभावका कारण भिसा प्राप्त हुने निश्चित नदेखिएको हुँदा नेपालले दिल्ली स्थित हंगेरि एम्बेस्सी जाने निर्णय गरेको थियो । दिल्ली स्थित हंगेरि एम्बेस्सीले नेपाली चेस टोलिलाई वोर्किङ आवरमा जति सक्दो छिटो पुग्नु भन्ने खबर प्राप्त गर्ने बित्तिकै राति नै यात्रा गरेको थियो ।

नेपाली बुद्धिचाल खेल टोली भारतको दिल्ली स्थित हंगेरि एम्बेस्सी पुगेर आवश्यक प्रकृया पूरा गरि आज सेप्टेम्बर ११ तारिखमा हंगेरिको भिसा प्राप्त गर्ने योजनामा थिए। अनत्वगत्वा दिनको ३ बजे हंगेरि एम्बेस्सीले भिषा एप्लाई नगर्न सुझाब दिदै भिसा दिन असमर्थ रहेको जानकारी गराएका छन् ।

नेपाल बुद्धिचाल महासंघले यूरोपको हंगेरि स्थित बुढापेष्टमा सम्पन्न हुने ४५ औं चेस ओलम्पियाडमा सहभागी हुन हेड अफ डेलिगेट अध्यक्ष हेराकाजी महर्जनको नेतृत्वमा फिडे डेलिगेट महासचिव धरम बहमदुर लामा, पुरुष टिम क्याप्टेन कोषाध्यक्ष तारा बहादुर रानाभाट र महिला टिम क्याप्टेन सदस्य राजु ताम्राकार पठाउने निर्णय गरेको थियो ।

नेपाल बुद्धिचाल महासंघले २४ औं राष्ट्रिय प्रतियोगिता मार्फत प्रथम हुने राजन सुवेदी , द्वितीय हुने सिएम शुश्रुत दहाल, तृतीय हुने एफएम क्षितिज भण्डारीलाई छनौट गरेका थिए ।

उनीहरु संगै पूर्व नेपाल च्याम्पियन सिएम रुपेश जैसवाल र २२८१ उच्च रेटेड विवेक थिङ गरि ५ जना पुरुष खेलाडी हंगेरि पठाउने निर्णय गरेको थियो । अष्ट्रेलियावाट हंगेरि पुगेका एकमात्र नेपाली खेलाडी विवेक थिङ्गले र्‍यापिड र ओपनमा सहभागी जनाउने भएका छन् ।

यसै गरि महिला तर्फ नेशनल वोमन च्याम्पियन सिन्दिरा जोशी, दोश्रो कृतिसरा अधिकारी, तृतीय पुजा भण्डारी , चौथो हुने शान्ति धिमाल र पूर्व वोमन च्याम्पियन सुजना लोहनी सहित ५ जनालाई ओलम्पियाडमा छनौट गरेका थिए। पूर्व च्याम्पियन डब्लू एफएम सुजना लोहनी ब्यक्तिगत कारण सहभागी नहुने भए पछि पाँचौं स्थान प्राप्त गरेकी रिया श्रेष्ठले मौका पाएकी हुन् ।

नेपाल बुद्धिचाल महासंघले ४५ औं चेस ओलम्पियाड बारे सुचना संप्रेषण गर्न कान्तिपुर टेलिभिजनका रिपोर्टर प्रदीप कुमार लेखी, पूर्व उपाध्यक्ष नारायण दास गमाल, काठमाडौं जिल्ला बुद्धिचाल संघका पूर्व अध्यक्ष अमृत चन्द्र श्रेष्ठ र विश्वविद्यालय खेलकुद संघका केन्द्रीय अध्यक्ष अनिल कुमार रिजाललाई साथमा लग्ने तय गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर