उपसभामुख रानाको पक्षमा उभिने नेकपा एसको निर्णय (भिडिओ) – Nepal Press

उपसभामुख रानाको पक्षमा उभिने नेकपा एसको निर्णय (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले उपसभामु ईन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ । पार्टीको कार्यालय आलोनगरमा बसेको स्थायी कमिटीको बठकले यस्तो निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिएका छन् ।

त्यस्तै, सातै प्रदेशमा महाधिवेशन आगामी मंसिरसम्ममा गरिसक्ने जसका लागि हालका प्रदेश पदाधिकारीहरुले नै सम्पन्न गर्ने निर्णय गरेको बैठकपछि उनले बताए ।

त्यस्तै, पार्टीले असोज ५ गते बागमती प्रदेशको आयोजनामा काठमाडौंमा सन्देश सभा आयोजना गर्ने निर्णय गरेको छ । पार्टीभित्रका असन्तुष्टहरुसँग बारम्बार छलफल भइरहेको र उनीहरुलाई राखेर थप छलफल गरिने भट्टराईले बताए ।

 


प्रतिक्रिया

2 thoughts on “उपसभामुख रानाको पक्षमा उभिने नेकपा एसको निर्णय (भिडिओ)

  1. प्रचण्डको पछि लागेर सारा संवैधानिक निकाएमा हुने नियुक्ति अडकाउने खेलमा रास्वपा लाग्नु दुर्भाग्यपूर्ण । त्यसलाई चिर्न उपसभामुख फेर्नु उपयुक्त हुन्छ ।अनि देशले निकास पाउँछ । गो अहेड काँग्रेस एमाले । देशभन्दा व्यक्ति ठूलो हुँदैन । यी सकिन लागेका स्यालहरूले काँध थापेर केही हुनेवाला छैन ।

    1. देश भन्दा नेता ठुलो हुन्छ व्यक्ति होइन एकदम सही तर्क। संवैधानिक निकाय म़ा आफ्नो मान्छे राखेर आफु खुशी अधिकार कांग्रेस एमाले लाई मात्र छ जनता को मांग र म्यानडेट पनी त्यही होअरुले चुरी फुरी नगरे हुन्छ यो देश एमाले र कांग्रेस को नेता र कार्यकर्ता हरुको मात्र हो अरुले आफ्नो भाग चाहियको भयो जनता को म्यानडेट लियर आउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर