३ डीआईजीको सरुवा, मधेश प्रदेश प्रमुखको जिम्मेवारी आचार्यलाई – Nepal Press

३ डीआईजीको सरुवा, मधेश प्रदेश प्रमुखको जिम्मेवारी आचार्यलाई

काठमाडौं । गृह मन्त्रालयले मधेश प्रदेश प्रहरी प्रमुख फेरेको छ । डीआईजी लालमणि आचार्यलाई मधेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

हालका प्रमुख यज्ञविनोद पौडेलमाथि आन्तरिक छानबिन चलिरहेका बेला उनको सरुवा भएको हो । उनलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ ।

शंकास्पद आर्थिक कारोबार देखिएको भन्दै प्रहरी प्रधान कार्यालयले पोखरेलमाथी छानबिन गरिरहेको छ । उनी एक वर्षे कार्यकाल पुरा नहुँदै तानिएका हुन् । सामान्यतया इन्र्चाजको कार्यकाल एक वर्ष हुन्छ ।

गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार यज्ञविनोद पोखरेल, लालमणि आचार्य र राजेश बास्तोलाको सरुवा भएको हो ।

यस्तै नेपाल प्रहरी शिक्षालय भरतपुर शिक्षालयमा भने प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख डीआईजीपी राजेशनाथ बास्तोलालाई पठाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर