बागमती प्रदेश नीति आयोगमा, सदस्यमा को-को ? – Nepal Press

बागमती प्रदेश नीति आयोगमा, सदस्यमा को-को ?

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाल नियुक्त भएका छ्न् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो ।

खानेपानी सरसफाइ तथा जलवायु परिवर्तनका विज्ञसमेत रहेका सिन्धुपाल्चोक हेलम्बुका नेपाललाई रिक्त रहेको उपाध्यक्ष पदमा नियुक्त गरिएको हो ।

खानेपानी तथा जलवायु सम्बन्धमा पिएचडी गरेका नेपालले २१ वर्ष सरकारी कर्मचारीको रुपमा काम गरेको पनि अनुभव छ ।

सरकारले आयोगको सदस्यमा काठमाडौँका दीपेन्द्र श्रेष्ठ र काभ्रेका गुणराज मोक्तान नियुक्त गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर