राखेपद्वारा एरिका र पलेशासहित १८ खेलकर्मी सम्मानित (भिडिओ) – Nepal Press

राखेपद्वारा एरिका र पलेशासहित १८ खेलकर्मी सम्मानित (भिडिओ)

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियन गेम्समा रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मीलाई सम्मान गरेको छ ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभामण्डपमा बुधवार राखेपले आफ्नो ६१ औं वार्षिकोत्सवका अवसरमा सिनियर महिलामा एरिका र पुरुषमा स्यान्टुलाई सम्मान गरेको हो ।

दुवै समान एक लाख नगद पुरस्कारसहित सम्मानित भए । जुनियरतर्फ पुरुष क्रिकेटका दीपेश कँडेल र महिलामा एथ्लेटिक्सकी देविकीकुमारी धामी सम्मानित भए । राखेपले दुवैलाई समान ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । पारातर्पmको पुरस्कार पेरिस पारालिम्पिक र चौथो पारा एशियन गेम्सकी ऐतिहासिक काँस्य पदक विजेता पलेशा गोवद्र्र्धनले प्राप्त गरिन् ।

उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । सोही अवसरमा राखेपले पलेशााका प्रशिक्षक कविराज नेगी लामा र आमाबुबालाई पनि कदरपत्रसहित सम्मान गरेको थियो ।

यता, करातेकी एरिका गुरुङका प्रशिक्षक कुशल श्रेष्ठले भने राखेपको करार प्रशिक्षकतर्फ पुरस्कार पाए । उनलाई नगद १० हजार रुपैयाँसहित राखेपले सम्मान गरेको हो । वर्ष उत्कृष्ट पत्रकारको अवार्ड नागरिक दैनिक पत्रकार अनिल मल्ल ठकुरी र अनलाइन खबरकी पत्रकार नमिता दाहालले प्राप्त गरिन् ।

राखेपले वार्षिकोत्सवको अवसरमा प्राविधिक र प्रसाशनिकतर्फ पनि उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो । यस वर्षको सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार कबड्डीका प्रशिक्षक विष्णुदत्त भट्टले पाए । यसै विधाको प्रशासनतर्पm हीराप्रसाद पौडेल सम्मानित भए ।

राखेपले दुवैलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । उत्कृष्ट परिषद् सेवा पुरस्कार प्राविधिक टेबलटेनिस प्रमुख प्रशिक्षक राजेन्द्र कपाली र प्राविधिकमा विरोधविक्रम जिसी नगद १५ हजार रुपैयाँसहित सम्मानित भए ।

परिषद् सेवा पुरस्कारमा प्राविधिकतर्पm तेक्वान्दोका बलराम लामा र प्रशासनिकमा दुर्गादेवि बस्नेत सम्मानित भए । दुवै नगद १० हजारसहित सम्मान भएका हुन् । करारकै प्राविधिकमा मेडिकलतर्पmका रिल्याक्सोलोजीका कृष्णहरी घिमिरे सम्मानित भए ।

राखेपले यस अवसरमा उत्कृष्ट खेल संघका रूपमा नेपाल कराते महासंघ, उत्कृष्ट स्थानीय तहका रूपमा घोडाघोडी नगरपालिका र उत्कृष्ट प्रायोजकका रूपमा सूर्य नेपाल प्रालीलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

नेपाली खेलकुदको कार्यकारी निकाय राखेपले खेलाडी र प्रशिक्षकसहित नेपाली खेलकुद क्षेत्रमा विभिन्न भुमिकाबाट योगदान पुर्याउँदै आएका व्यक्तित्व र संघ संस्थालार्ई सम्मान गरेको जनाएको छ ।

राखेपका संरक्षक एवं प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्यहरू एकेन्द्र कुँवर, अन्जना मास्के श्रेष्ठ र विना श्रेष्ठलगायतले सम्मान गरेका थिए ।

सो अवसरमा राखेपले पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठ, हरिबाबु चौधरी, युवराज लामा, केशवकुमार बिष्ट र रमेश सिलवाललाई पनि सम्मान गरेको थियो ।

कार्यक्रममा सिनियर र जुनियरमा समान १/१ पुरुष/महिला तथा एक पारा खेलाडीलाई सम्मान भएका हुन् । प्रशासनिक र प्रविधिकमा ८ कर्मचारी (२ करार कर्मचारीसहित), दुई खेल पत्रकार, १ स्थानीय तह, १ प्रायोजक तथा १ राष्ट्रिय खेल संघलाई पुरस्कृत भएका थिए ।

स्थानीय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई कदर पत्र तथा बाँकीलाई कदर पत्रसहित नगद पुरस्कारबाट सम्मानि भए । सोही अवसरमा राखेपमा २० वर्ष सेवा अवधि पूरा गरेका २ सय ३६ कर्मचारीलाई परिषद् सेवा पदकबाट सम्मानित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर