ओमनको घरेलु लिगमा प्रदीपसिंह ऐरी – Nepal Press

ओमनको घरेलु लिगमा प्रदीपसिंह ऐरी

काठमाडौं । नेपाली क्रिकेटर प्रदीपसिंह ऐरी अहिले ओमनमा छन् । उनी ओमनमा रहेर ओमन डी टी–१० लिग खेलिरहेका छन् । उक्त लिगका लागि रेनाइसेन्स च्यालेन्जरले प्रदीपलाई टीममा आवद्ध गरेको हो ।

प्रदीपलाई रेनाइसेन्सले टी–१० लिगसँगै टी–२०, एकदिवसीय र दुईदिवसियमा समेत आवद्ध गरेको छ । राष्ट्रिय टोलीमा पुनरागमन गर्दै प्रयासरत प्रदीप केही समय ओमन घरेलु लिग खेल्नेछन् ।

उनले रेनाइसेन्स च्यालेन्जरबाट टी–१० लिगमा ४ खेल खेलिसकेका छन् । पहिलो खेलमा उनले उत्कृष्ट प्रदर्शन गरे । विकेटकिपरसमेत रहेका ओपनिङ ब्याटर प्रदीपले यल्लाह सबाब जायन्ट्सविरुद्ध २५ बलमा अविजित ३८ रन प्रहार गरेका थिए ।

उक्त खेलमा प्रदीप सम्मेलित रेनाइसेन्स २१ रनले विजयी हुन सफल भयो । त्यसपछि भने प्रदीपले राम्रो प्रदर्शन गर्न सकेका छैन । प्रदीपले आएएस इन्भिन्सबलविरुद्ध ११ बलमा ८ रन, मस्कट थन्डर्सविरुद्ध १२ बलमा ११ रन र रोयल ओमान स्टेलियन्सविरुद्ध ३ बलमा १ रन बनाएका छन् । जारी लिगमा उनी सम्मेलित रेनाइसेन्स च्यालेन्जर ४ खेलमा २ खेलमा जित र २ खेलमा हारहित दोस्रो स्थानमा छ ।

प्रदीपले नेपाली राष्ट्रिय टोलीबाट पछिल्लोपटक सन् २०२२ मा ओमनविरुद्ध खेलेका थिए । घरेलु लिग भने उनले शसस्त्र प्रहरी बल एपिएफबाट खेल्दै आएका छन् । उनले गत पुसमा भएको प्रधानमन्त्री कप क्रिकेट खेलेका थिए । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका प्रदीप राष्ट्रिय टोलीमा भने खासै जन्म सकेका छैनन् । राष्ट्रिय टोलीबाट १२ टी-२०आई खेल खेलका उनले ९१ रन बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *