इन्जिनियर एशोसिएसनको निर्वाचनमा युवाहरुलाई मतदान गर्नुस् : मैनाली – Nepal Press

इन्जिनियर एशोसिएसनको निर्वाचनमा युवाहरुलाई मतदान गर्नुस् : मैनाली

काठमाडौं । अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा युवाहरुलाई मतदान गर्न आग्रह गरेका छन् ।

प्राविधिक विशेष शिक्षा समितिको तेस्रो सम्मेलनलाई थापाथली इन्जिनियरिङ क्याम्पसमा बुधवार उद्घाटन गर्दै मैनालीले यस्तो आग्रह गरेका हुन ।

इन्जिनियरिङ क्षेत्रभित्र सबैभन्दा ठूलो समान्तवाद रहेको भन्दै मैनालीले भने, ‘मुलुकका कैयन क्षेत्रमा सक्षम युवाहरु शीर्ष नेतृत्वमा पुगेर यूवा क्षमतालाई सावित गरिसक्दा पनि इन्जिनियरिङ क्षेत्रमा यूव उम्मेदवार माथील्लो पदमा उम्मेदवार हुँदा हल्का रुपमा लिने उडाउने ट्रेन रहेको छ । यसलाई फेरौं । बरु दल नहेर्नुस् । हरेक दलका यूवा उमेदवाररुलाई छानी छानी मतदान गर्नुस् ।’

जति ठूलो भष्टाचारी, त्यति धेरै पैसा, उति नै धेरै भोटको परम्परा तोडेर नयाँ कीर्तिमान बनाउन पर्न इन्जिनियररुलाई मैनालीको सुझाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर