अनशनमा बसेका कोशीका पूर्वमुख्यमन्त्रीसँग वार्ताका लागि दुई प्रदेशमन्त्री अनशन स्थलमा – Nepal Press

अनशनमा बसेका कोशीका पूर्वमुख्यमन्त्रीसँग वार्ताका लागि दुई प्रदेशमन्त्री अनशन स्थलमा

विराटनगर । हिजोबाट आमरण अनशनमा बसेको कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई अनशन तोडाउने विषयमा प्रदेश सरकारले संवाद थालेको छ ।

दिउँसोदेखि कांग्रेसका नेताहरूसँग भएको वार्ता र संवादपछि प्रदेश सरकारका मन्त्रीहरू अनशन तोडाउने बारेमा कुराकानी गर्न अनशन स्थलमा गएका छन् ।

पूर्वमुख्यमन्त्री अनशन बसेको विराटनगर स्थित प्रदेश सभा अगाडि कार्कीसँग वार्ता गर्न प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना र आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी पुगेका छन् ।

कोशीको पूर्वमुख्यमन्त्री कार्की आफू नेतृत्वको सरकारकाले सुरु गरेको योजना कटौती भएको भन्दै आमरण अनशनमा बसेका हुन् । उनले सुरु गरेको योजना नकाटिएको र यसका लागि बजेट हालिएको प्रदेश सरकारले दाबी गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर